Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

डढेलोपछि माउन्ट रिन्जानीको पदयात्रा मार्ग पुनः सञ्चालन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १८ आइतबार | (रासस/सिन्ह्वा)

जाकार्ता, १८ असोज : इन्डोनेसियाको माउन्ट रिन्जानी राष्ट्रिय निकुञ्जले डढेलोका कारण बन्द गरिएको पश्चिम नुसा तेन्गारास्थित ‘सेनारु’ पदयात्रा मार्ग पुनः सञ्चालनमा ल्याएको छ ।

निकुञ्ज कार्यालयका अनुसार डढेलो पूर्ण रूपमा नियन्त्रणमा आएपछि, सुरक्षा मूल्याङ्कन सम्पन्न गरी शनिबारदेखि उक्त मार्ग पर्यटकका लागि पुनः खुला गरिएको हो ।

निकुञ्जका अधिकारी आस्तेकिता आर्दियार्सितोले आगो पूर्ण रूपमा निभाइएको पुष्टि भएपछि पदयात्रा मार्ग, सुविधा तथा पूर्वाधारको निरीक्षण गरिएको र त्यसपछि मार्ग सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । उहाँका अनुसार अब पदयात्रीहरूले अनलाइनमार्फत दर्ता गरेर यात्रा गर्न सक्नेछन् ।
    
सेनारु मार्ग पुनः सञ्चालनसँगै माउन्ट रिन्जानीका पाँचवटै प्रमुख पदयात्रा मार्ग अहिले खुला भएका छन् ।

गत सेप्टेम्बर २२ मा टोरियन रिसोर्ट क्षेत्रअन्तर्गत सेताम्पोल पहाडमा लागेको डढेलोले सेप्टेम्बर २९ सम्म करिब एक हजार ९८ हेक्टर वन क्षेत्र प्रभावित गरेको थियो ।

निकुञ्ज प्रशासनले आगो पुनः सल्किन नदिन ड्रोनमार्फत नियमित निगरानी र स्थलगत गस्तीलाई निरन्तरता दिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan