Monday 5th of October | २०८३ असोज १९ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘दुई हजार पाँच सय केजी गाँजासहित ट्रक चालक र सहचालक प्रहरी नियन्त्रणमा’

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १९ सोमबार | (रासस)
newsabhiyan

विराटनगर, १९ असोजः सुनसरीको इनरुवा नगरपालिका–३ सखुवागाछीबाट प्रहरीले लागुऔषध गाँजा बोकेको ट्रकसहित चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाका अनुसार गए राति ट्राफिक प्रहरी कार्यालय इनरुवा र अस्थायी प्रहरी पोष्ट सखुवागाछीबाट खटिएको प्रहरी टोलीले पूर्वबाट पश्चिम राजमार्गतर्फ जाँदै गरेको ना ७ ख १८२५ नं को ट्रक जाँच गर्ने क्रममा बन्दाकोबीले छोपेको अवस्थामा ८३ वटा प्लास्टिकका बोरामा दुई हजार ५६६ किलो ५६० ग्राम गाँजा बरामद भएको हो । 

प्रहरीले सो ट्रकसहित गाँजा ओसारपसारमा संलग्न चालक धनकुटा सहिदभूमि गाँउपालिका–२ का राजु राई र सहचालक  सन्दीप राईलाई नियन्त्रणमा लिएको छ । अहिले बरामद गरिएको गाँजासहित पक्राउ परेका व्यक्तिका बारेमा थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी प्रवक्ता थापाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan