‘अप्टोजेनेटिक्स’सम्बन्धी अनुसन्धानका लागि यस बर्षको नोबेल चिकित्सा पुरस्कार डाइसरोथ, हेगेमान नागेललाई
न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १९ सोमबार | (रासस-एएफपी)
स्टकहोम, १९ असोज : यस बर्षको नोबेल चिकित्सा पुरस्कार सोमबार घोषणा गरिएको छ ।
अमेरिकी मनोचिकित्सक तथा स्नायुविज्ञ कार्ल डाइसरोथ, उहाँका जर्मन सहकर्मी पिटर हेगेमान र जर्ज नागेललाई अप्टोजेनेटिक्स क्षेत्रमा गरेको कामका लागि यो पुरस्कार प्रदान गरिएको चिकित्सातर्फको नोबेल पुरस्कार छनौट समितिले जनाएको छ ।
जीवित मस्तिष्कमा स्नायु कोषहरूले कसरी स्मृति, भावना र व्यवहारहरू निर्माण गर्छन् भन्ने देखाउन सम्भव बनाउने विधिलाई अप्टोजेनेटिक्स भनिन्छ ।
