Monday 5th of October | २०८३ असोज १९ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

श्रीलङ्कालाई आइएमएफको ३४ करोड ५० लाख डलर

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १९ सोमबार | (रासस/एएनआई)

कोलम्बो, १९ असोज : अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले श्रीलङ्काको दुई अर्ब ९० करोड डलरको आर्थिक पुनरुत्थान कार्यक्रमअन्तर्गत करिब ३४ करोड ५० लाख डलर उपलब्ध गराउने प्रारम्भिक सहमति गरेको छ ।

आर्थिक सुधारमा प्रगति गरिरहेको श्रीलङ्कालाई उच्च ऊर्जा मूल्य, एल निनो जलवायु घटना तथा मध्यपूर्वको द्वन्द्वबाट जोखिम बढ्न सक्ने चेतावनी पनि आइएमएफले दिएको छ ।

सन् २०२२ मा ४६ अर्ब डलर बराबरको बाह्य ऋणमा सार्वभौम भुक्तानी असफल भएपछि श्रीलङ्काले गम्भीर आर्थिक सङ्कट बेहोरेको थियो । त्यसपछि आर्थिक पुनरुत्थानका क्रममा भएको पछिल्लो सहमति महत्त्वपूर्ण उपलब्धि भएको आइएमएफले जनाएको छ । श्रीलङ्काले सन् २०२३ मा चार वर्षका लागि दुई अर्ब ९० करोड डलरको आइएमएफ सहायता कार्यक्रम पाएको थियो ।

आइएमएफले श्रीलङ्काको अर्थतन्त्र लगातारका चुनौतीका बाबजुद लचिलो देखिएको बताएको छ । सन् २०२२ मा अर्थतन्त्र ७.३ प्रतिशतले सङ्कुचित भए पनि त्यसपछि लगातार ११ त्रैमासिकमा आर्थिक विस्तार भएको उसले जनाएको छ ।

तर मध्यपूर्व द्वन्द्वको अवधि र तीव्रता, विश्वव्यापी व्यापार नीतिमा आउने परिवर्तन तथा एल निनोको प्रभावबारे रहेको अनिश्चितताले श्रीलङ्काको आर्थिक सुधारमा नकारात्मक असर पार्न सक्ने आइएमएफले जनाएको छ ।

आइएमएफले श्रीलङ्का सरकारले यसै महिनाको सुरुमा १२ करोड ६० लाख डलर बराबरको डिजेल अनुदान पुनःस्थापित गर्ने निर्णयप्रति पनि असन्तुष्टि जनाएको छ । कमजोर परिवारलाई संरक्षण गर्दै इन्धनको मूल्यलाई अन्तर्राष्ट्रिय बजारअनुसार समायोजन गर्ने नीति निरन्तर राख्नुपर्ने उसको सुझाव छ ।

ऊर्जाको मूल्य वृद्धिका कारण दोस्रो चरणको मुद्रास्फीति बढेमा श्रीलङ्काको केन्द्रीय बैंकले मौद्रिक नीति थप कडा बनाउन तयार रहनुपर्ने आइएमएफले जनाएको छ । श्रीलङ्काको केन्द्रीय बैंकले हालै ब्याजदर १०० आधारविन्दुले बढाएर ८.७५ प्रतिशत पु¥याएको छ । आर्थिक वृद्धिमा असर पर्ने भन्दै थप ब्याजदर वृद्धि गर्न भने उसले प्रतिरोध गर्दै आएको छ ।

पछिल्लो सहमतिले आगामी मार्चमा समाप्त हुने आइएमएफ कार्यक्रमअन्तर्गत अन्तिम किस्ता वितरणको बाटो खुलेको छ । कार्यक्रम सकिएपछि आइएमएफसँग नयाँ आर्थिक सहायता कार्यक्रम लिने वा नलिनेबारे श्रीलङ्काली अधिकारीहरूले अझै निर्णय गरिसकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan