Monday 5th of October | २०८३ असोज १९ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेसनल प्याथ ल्याब बन्यो सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनर

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १९ सोमबार |
newsabhiyan

काठमाडौं, १९ असोज । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले नेसनल प्याथ ल्याबलाई आफ्नो मेडिकल पार्टनरका रूपमा अनुबन्ध गरेको छ।

साझेदारीअन्तर्गत नेसनल प्याथ ल्याबले प्रतियोगिताका क्रममा सुदूरपश्चिम रोयल्सका खेलाडी तथा टोलीका सदस्यलाई आवश्यक डायग्नोस्टिक सेवा र स्वास्थ्यसम्बन्धी सहयोग उपलब्ध गराउनेछ।

नेसनल प्याथ ल्याबले खेलाडीहरूको स्वास्थ्य र फिटनेसलाई प्राथमिकतामा राख्दै गुणस्तरीय डायग्नोस्टिक सेवा उपलब्ध गराएर नेपाली क्रिकेटको विकासमा योगदान गर्न पाउँदा खुसी र गौरवान्वित रहेको जनाएको छ।

साथै, एनपीएल यात्रामा जिम्मेवार मेडिकल पार्टनरका रूपमा सुदूरपश्चिम रोयल्सलाई निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गरेको छ।

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का ले खेलाडीहरूको स्वास्थ्य र फिटनेस टोलीको सफलताका महत्वपूर्ण आधार भएको बताए।

“खेलाडीको स्वास्थ्य र फिटनेस हाम्रो प्राथमिकतामा पर्छ। एनपीएलजस्तो लामो र प्रतिस्पर्धात्मक प्रतियोगितामा खेलाडीलाई आवश्यक स्वास्थ्य तथा डायग्नोस्टिक सेवा समयमै उपलब्ध हुनु महत्वपूर्ण हुन्छ।

नेसनल प्याथ ल्याबजस्तो विश्वासिलो संस्थासँग मेडिकल पार्टनरका रूपमा सहकार्य गर्न पाउँदा हामी खुसी छौं। उहाँहरूको विशेषज्ञता र सहयोगले हाम्रो टोलीलाई प्रतियोगिताभर थप आत्मविश्वासका साथ अघि बढ्न सहयोग पुग्ने विश्वास लिएका छौं,” खड्काले भने।

नेसनल प्याथ ल्याब र सुदूरपश्चिम रोयल्सबीचको सहकार्यले खेलाडीको स्वास्थ्य सुरक्षासँगै नेपाली क्रिकेटमा स्वास्थ्यसम्बन्धी व्यावसायिक अभ्यासलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan