Monday 5th of October | २०८३ असोज १९ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रधानसेनापति मित्रराष्ट्र संयुक्त अधिराज्य (बेलायत) को औपचारिक भ्रमणको लागि प्रस्थान

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १९ सोमबार |
newsabhiyan

काठमाडौं, १९ असोज । प्रधानसेनापति अशोक राज सिग्देल बेलायती सेनाका Chief of the General Staff General Sir Roly Walker को निमन्त्रणामा आज  १९ गतेदेखि २५ गतेसम्म हुने औपचारिक भ्रमणका लागि आज मित्रराष्ट्र संयुक्त अधिराज्य (बेलायत) तर्फ प्रस्थान गर्नुभएको छ।

प्रस्थान गर्नु अघि प्रधान सेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जंग के.सी. ले बिदाइ गर्नुभएको थियो।

उक्त भ्रमणले सदियौँदेखि रहँदै आएको दुई देशबिचको आपसी सैनिक सम्बन्धमा टेवा पुग्नुका साथै सैनिक कूटनीति मार्फत नेपालको परराष्ट्र नीतिलाई समेत योगदान पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।

प्रधानसेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी प्रदीप जंग के.सी. ले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नु हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan