Monday 5th of October | २०८३ असोज १९ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पशु दिवसः ‘बेग्लै पशु कल्याण कानुन आवश्यक’

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १९ सोमबार |

काठमाडौँ, १८ असोजः विश्व पशु दिवसका अवसरमा आज आयोजित अन्तक्र्रियाका सहभागीले नेपालमा पशु कल्याण सुनिश्चित गर्न छुट्टै प्रभावकारी कानुन आवश्यक रहेको बताएका छन् । 

‘एनिमल नेपाल’ले आयोजना गरेको कार्यक्रममा सहभागीले पशुमाथि हुने क्रूरता नियन्त्रणका लागि विद्यमान कानुनी व्यवस्था पर्याप्त नभएकाले थप स्पष्ट कानुनी आधार निर्माण गर्नुपर्नेमा जोड दिए ।

‘एनिमल नेपाल’का कार्यक्रम प्रमुख सुलक्षणा राणाले पशु कल्याणलाई राज्यको प्राथमिकतामा राख्दै सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो । उहाँले पशुमाथि हुने हिंसा तथा दुव्र्यवहारका घटना सार्वजनिक गर्दै यस विषयमा जनचेतना अभिवृद्धि र नीतिगत बहस सृजना गर्न सञ्चार क्षेत्रले योगदान गर्नुपर्ने उल्लेख गर्नुभयो ।

संस्थाका फिल्ड सुपरभाइजर लक्ष्मी खत्रीले पशु कल्याणका लागि बेग्लै कानुनी आधार निर्माण गर्न पत्रकारको पनि भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । यस वर्षको दिवसको नारा ‘सी वल्र्ड थ्रो देयर आइज’ रहेकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan