Monday 5th of October | २०८३ असोज १९ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

वर्षाका कारण अवरुद्ध सडक दसैँअघि नैै सञ्चालनमा आउने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १९ सोमबार |

बागमती, १८ असोजः वर्षाका कारण गत असारदेखि सवारीसाधन आवतजावत रोकिएको बकैया गाउँपालिका–६ सुदादेखि ज्यामिरेसम्मको बाटो दसैँअघि नै सञ्चालनमा ल्याउने गरी मर्मत गर्न थालिएको छ ।

वर्षाको समयमा उक्त सडकखण्डमा पर्ने ज्यामिरे खोलामा पानीको बहाव बढ्नुका साथै ठाउँठाउँमा पहिरो खसेर बाटो भत्केका कारण सवारीसाधन सञ्चालन हुनसकेको थिएन । उक्त सडकखण्डको हाल सरसफाइ तथा मर्मत सुरु गरिएको छ । 

सुदाबाट करिब १२ किलोमिटर दूरीको सडक अवरुद्ध हुँदा यस क्षेत्रका ज्यामिरेसहित गढवान, तिखुली, जसपालका बासिन्दा समस्यामा परेको गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले जानकारी दिनुभयो ।

बाटो सहज नहुँदा ज्यामिरे क्षेत्रमा जमिन चिराचिरा परेर समस्यामा परेका स्थानीयका लागि राहत सामग्री पुर्याउन असहज भएको उहाँको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan