बाह्य मुलुकतर्फ लैजान लागेको विभिन्न मुद्राहरू सहित एक जना पक्राउ
काठमाडौं, २१ असोज : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान होल्ड व्यागेज चेकिङ एरियाबाट बाह्य मुलुकतर्फ लैजान लागेको विभिन्न मुद्राहरू सहित चिनियाँ नागरिक ७२ वर्षीय SUOLANG लाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले क्याथे प्यासिफिक एयरद्वारा काठमाडौंबाट हङकङतर्फ जान लागेका उनको साथबाट नेपाली रूपैयाँ ११ लाख ८६ हजार, चिनियाँ युआन ५२ हजार १ सय ९०, अमेरिकी डलर ५ हजार ९ सय ६५, युरो २ हजार ६०, अष्ट्रेलियन डलर ५० र हङकङ डलर ४९ हजार ५ सय ९० फेला पारी पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।
