Thursday 8th of October | २०८३ असोज २२ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रचनाकार तथा गायक रत्न बेहोसीको निधन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २२ बिहीबार | (रासस)

ललितपुर, २१ असोजः  रचनाकार, सङ्गीतकार, लोकगायक तथा नाटककार रत्न बेहोसी (रत्न बज्राचार्य)को निधन भएको छ ।

    नेपाली तथा नेपालभाषाको गीत–सङ्गीत क्षेत्रमा लामो समयसम्म योगदान पु¥याउनु भएका बेहोसीको आज ९१ वर्षको उमेरमा निधन भएको नेवाः पत्रकार दवूका पूर्वअध्यक्ष एवम् सञ्चारकर्मी सुरजवीर बज्राचार्यले जानकारी दिनुभयो । 

    नेपाली तथा नेपालभाषा (नेवारी) गीत–सङ्गीत क्षेत्रमा छ दशकभन्दा बढी समय योगदान पु¥याउनुभएका बेहोसी गायन, सङ्गीत सिर्जना, रचना तथा नाटक क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो । उहाँलाई नेपाली र नेपालभाषाको सङ्गीत क्षेत्रका धरोहरका रूपमा स्मरण गरिन्छ ।

    विसं २०१३ मा रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण गरी त्यही दिन प्रत्यक्ष प्रसारणमा गीत गाउने सौभाग्य प्राप्त गर्ने अग्रणी गायकमध्ये उहाँ एक हुनुहुन्थ्यो । कुल १७ जना प्रतिस्पर्धीमध्ये एकल गायकका रूपमा छनोट हुनुभएको उहाँको यो यात्रा नेपाली रेडियो सङ्गीतको प्रारम्भिक इतिहाससँग जोडिएको महत्वपूर्ण अध्यायका रुपमा रहेको छ । 

    उहाँका चर्चित गीतहरूमध्ये ‘मलाई मेरो देशको सिन्दूर लाउन मन छ’ (भारती उपाध्यायसँग) र तीर्थकुमारी थापासँग गाएको नेपालभाषाको चर्चित गीत ‘सु मदुगु ताक स्वया वा’ निकै लोकप्रिय छन् ।

    पाटनको भिन्छबहालमा हुर्किएर हाल भोलढोका बस्दै आउनुभएका स्वर्गीय बेहोसीका दुई छोराहरु आनन्द र चेतन बज्राचार्य तथा छोरी मुनु बज्राचार्य हुनुहुन्छ । स्वर्गीय बज्राचार्यको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । 

    त्यसअघि उहाँको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि यहाँको त्यागलस्थित नेपाल भाषा मंका खलःमा राखिएको थियोे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan