Friday 9th of October | २०८३ असोज २३ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको सातौँ अनुगमन बैठक सम्पन्न

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २३ शुक्रबार |
newsabhiyan

काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (NPA) परियोजनासम्बन्धी संयुक्त परियोजना अनुगमन समिति (JPMC) को सातौँ बैठक सम्पन्न भएको छ।

नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा गृहसचिव केदारनाथ शर्माको अध्यक्षतामा बैठक बसेको हो।

बैठकमा भारत सरकारका तर्फबाट नयाँ दिल्लीस्थित विदेश मन्त्रालयको मुख्यालयअन्तर्गत डेभलपमेन्ट पार्टनरसिप एडमिनिस्ट्रेसन (DPA-III) महाशाखाकी प्रमुख सहसचिव प्रियंका चौहानसहित भारतीय प्रतिनिधि तथा समितिका सदस्यहरूको उपस्थिति रहेको थियो।

नेपाल र भारतबीचको सहकार्यमा अघि बढिरहेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनासम्बन्धी विषयमा केन्द्रित बैठकमा दुवै पक्षका प्रतिनिधिहरू सहभागी भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan