Saturday 10th of October | २०८३ असोज २४ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २४ शनिबार | रासस

 

काठमाडौँ, २४ असोजः परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता भएको छ । 

 

भेटमा नेपाल र अष्ट्रेलियाबीचको छ दशक लामो मैत्रीपूर्ण सम्बन्ध, अष्ट्रेलियामा नेपाली डायस्पोराको योगदान तथा नेपाली विद्यार्थीको हितलगायत बिषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

आगामी जलवायु सम्मेलन (कोप–३१)मा नेगोसिएसनमा अध्यक्षता गरिरहेको सन्दर्भमा उहाँहरुबीच अष्ट्रेलियासँग नेपालको जलवायु एजेन्डा (हिमालयको संरक्षण, जलवायु उत्थानशीलता, पूर्वचेतावनी प्रणाली स्थापना गर्ने) समर्थनका बिषयमा समेत छलफल भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan