Saturday 10th of October | २०८३ असोज २४ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चाडपर्वमा रगतको अभाव हुन नदिन रक्तदान

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २४ शनिबार |

सिन्धुपाल्चोक, २४ असोजः चाडपर्वको समयमा हुन सक्ने रगतको अभावलाई मध्यनजर गर्दै सिन्धुपाल्चोकको चौतारामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा सात महिलासहित ३४ जनाले रक्तदान गरेका छन् ।

    दसैँ, तिहारजस्ता ठूला चाडपर्वका बेला दुर्घटना तथा अन्य आकस्मिक स्वास्थ्य समस्याका कारण रगतको माग बढ्न सक्ने भएकाले रगतको उपलब्धता सहज बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) जिल्ला शाखा सिन्धुपाल्चोकका अध्यक्ष सुरेश कसजूले जानकारी दिनुभयो । “चाडपर्वको समयमा नियमित रक्तदान कार्यक्रम कम हुन सक्ने र बिरामीलाई आवश्यक पर्ने रगतको आपूर्तिमा समस्या आउन सक्ने अवस्थालाई ध्यानमा राख्दै रक्तदान कार्यक्रमको आयोजना गरेका हौँ”, उहाँले भन्नुभयो ।

    रक्तदानबाट सङ्कलित रगतले आवश्यक परेका बिरामीको उपचारमा सहयोग पुग्ने अपेक्षा गरेको चौतारा रक्तसञ्चार सेवा केन्द्रको सञ्चालक संस्था नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोकका मन्त्री कमलचरण कक्षपतिले बताउनुभयो । “रक्तदानलाई केवल सामाजिक सेवासँग मात्र नजोडी मानवीय जिम्मेवारीका रूपमा पनि लिनुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “विशेषगरी चाडपर्वको समयमा रगतको माग र आपूर्तिबीच सन्तुलन कायम राख्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।”

    कार्यक्रम सिन्धुपाल्चोक खेलकुद विकास समितिको आयोजना र ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान), जिल्ला शाखा, चौतारा अस्पताल र चौतारा रक्तसञ्चार सेवा केन्द्रको समन्वयमा गरिएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan