वैदेशिक रोजगार मुद्दाका फरार प्रतिवादी पक्राउ
न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २४ शनिबार |
काठमाडौं, २४ असोज :वैदेशिक रोजगार मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-७ बसुन्धारा बस्ने दैलेख नारायणटार नगरपालिका-८ घर भएका ३३ वर्षीय जिवन रावललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
वैदेशिक रोजगार न्यायाधिकरणबाट उक्त मुद्दामा पक्राउ अनुमति जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले टोखा नगरपालिका-७ बसुन्धाराबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
