बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २४ शनिबार |
काठमाडौं, २४ असोज :बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी भक्तपुर चाँगुनारायण नगरपालिका-४ बस्ने ४८ वर्षीय शैलेस पौडेललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
उक्त मुद्दामा जिल्ला अदालत भरतपुर चितवनबाट पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले चाँगुनारायण नगरपालिका-४ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय चितवन भरतपुर पठाइएको छ ।
