Thursday 8th of October | २०८३ असोज २२ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दसौं राष्ट्रिय खेलकुदको तयारी तीव्र

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २२ बिहीबार |

काठमाडौं असोज २२ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुदको तयारीलाई तीव्र गतिमा अगाडि बढाइ रहेको छ । राखेपले दसौं राष्ट्रिय खेलकुदलाई प्रभावकारी रुपमा सम्पन्न गर्ने सन्दर्भमा सरोकारवालसंग बिहीबार छलफल गरेको छ ।

राखेपका उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्य–सचिव रामचरित्र मेहता, युवा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्दी व्यञ्जनकार, राखेप कार्यकारी समितिका सदस्य, राखेपका बोर्ड सदस्यलगायतको उपस्थितिमा भएको बैठकमा तयारीलगायत विविध पक्षमा छलफल भएको थियो ।

दसौं राष्ट्रिय खेलकुदमा समावेश विभिन्न ३२ खेलका राष्ट्रिय संघका पदाधिकारी, विषयगत उपसमितिका संयोजकसहित सचिव तथा विषयगत उपसमितिका सचिवसंग छलफल भएको थियो । दसौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २७ गतेसम्म हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan