Wednesday 7th of October | २०८३ असोज २१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कर्णाली याक्सलाई प्राइम टाइल्सको साथ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २१ बुधबार |

काठमाडौँ, २१ असोजः नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्स र प्राइम सेरामिक प्रालिबीच एनपिएलको तेस्रो संस्करणका लागि सम्झौता भएको छ ।

सम्झौतापत्रमा कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्ल र प्राइम सेरामिक प्रालिका अध्यक्ष आशीष गर्गले हस्ताक्षर गरे । सम्झौतासँगै प्राइम टाइल्स कर्णाली याक्सको अफिसियल प्रिमियम भिट्रिफाइट टायल पार्टनरका रूपमा जोडिएको छ ।

सम्झौतापछि कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्लले प्राइम टाइल्ससँगको साझेदारीले कर्णाली याक्सको यात्रालाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।

उहााँले भन्नुभयो, “एनपिएलको तेस्रो संस्करणका लागि प्राइम टाइल्ससँग जोडिन पाउँदा हामी खुसी छौँ । खेलकुद र व्यवसायबीचको यस्तो सहकार्यले नेपाली क्रिकेटको विकासमा पनि सकारात्मक योगदान पु¥याउने विश्वास लिएका छौँ ।”

प्राइम सेरामिक प्रालिका अध्यक्ष आशीष गर्गले कर्णाली याक्ससँगको सहकार्यलाई ब्रान्ड र खेलकुद दुवैका लागि महत्वपूर्ण अवसरका रूपमा लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “कर्णाली याक्ससँगको साझेदारीमार्फत नेपाली क्रिकेटसँग अझ नजिकबाट जोडिन पाउँदा हामी उत्साहित छाँै । यो सहकार्यले प्राइम टाइल्स र कर्णाली याक्सबीच दीर्घकालीन सम्बन्ध निर्माण गर्ने अपेक्षा गरेका छौँ ।”

एनपिएलको तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हँुदैछ । प्रतियोगिताका लागि कर्णाली याक्सले विदेशी खेलाडीका रूपमा इङ्ग्ल्यान्डका मार्क वाट र बङ्गलादेशका अकबर अलीलाई अनुबन्ध गरिसकेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan