Sunday 11th of October | २०८३ असोज २५ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २५ आइतबार | (रासस/एएफपी)

संयुक्त राष्ट्रसङ्घीय निकायले आइतबार बताएअनुसार अक्टोबर ८ र ९ को रात जिबुटीको तटमा डुङ्गा डुब्दा १५ बालबालिकासहित कम्तीमा १०९ आप्रवासीको मृत्यु भएको छ । उक्त घटनामा करिब ११६ जना बेपत्ता भएका छन् ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) को विज्ञप्तिअनुसार घटनामा बाँचन सफल आप्रबासीहरूका अनुसार जिबुटीबाट यमन जाँदै गरेको ३०५ जना बोकेको उक्त जहाज जिबुटीको ओबोक सहरको उत्तरमा पल्टिएको थियो ।

विज्ञप्तिमा जिबुटीस्थित आईओएमका प्रमुख अलेक्जेन्ड्रे कोइसाकले भन्नुभयो, “यो जीवनको विनाशकारी क्षति हो । बाँचेकाहरू र आफन्त गुमाएका वा आफन्तको खबर नपाएका परिवारप्रति हाम्रो सहानुभूति छ।”

उहाँले भन्नुभयो, “आईओएमका टोलीहरू जिबुटीका अधिकारीहरूसँगै आपत्कालीन सहायता प्रदान गर्न मैदानमा छन् ।”

“यो त्रासदी आर्थिक अवसर खोज्दै बाब अल–मन्देब जलडमरूबाट यमन हुँदै खाडी मुलुकहरू पुग्न खोज्ने आप्रवासीहरूले यस आप्रवासन मार्गमा भोग्नुपर्ने खतराको कडा सम्झना हो।”

बरामद भएका  १०९ शवमध्ये पुरुष ५२,  महिला ४२ र  बालबालिका १५ रहेका  विज्ञप्तिमा जनाइएको छ। मृतक बालबालिकामध्ये बालिका नौ र बालक छ रहेका छन् । 

डुङ्गा दुर्घटनामा ८० भन्दा बढी व्यक्ति बाँचेका र उनीहरू सबै इथियोपियाली नागरिक हुन् ।

आईओएमले भनेको छ, “गरिबी, असुरक्षा र जलवायु परिवर्तनका बढ्दो प्रभावले मध्य पूर्वमा बढ्दो अस्थिरताका बाबजुद पनि धेरैलाई यो यात्रा गर्न प्रेरित गर्छ।”

यमन साउदी–समर्थित सरकार र तेहरान–समर्थित हुथी विद्रोहीबीचको लडाइँबाट ग्रस्त छ । हुथीहरूले इरानविरुद्ध अमेरिका र यसका सहयोगीहरू संलग्न क्षेत्रीय द्वन्द्वमा पनि भाग लिएका छन्।

आईओएमले ओबोकको आप्रवासी केन्द्रमा ६४ बाँचेकाहरूलाई सहायता गरिरहेको बताएको छ । 

“अझै बेपत्ताहरूप्रति चिन्ता बढ्दै जाँदा जिबुटीका अधिकारीहरूले खोज तथा उद्धार अभियान जारी राखेका छन्।”

आईओएमका अनुसार यस वर्ष जनवरीदेखि अक्टोबरसम्म इथियोपियाबाट जिबुटीमा एक लाख ७८ हजार जना आएका छन् ।

आईओएमले  भनेको छ, “सन् २०२५ मा यमन जाने समुद्री मार्गमा ९०० भन्दा बढी आप्रवासीको मृत्यु वा बेपत्ता भएको थियो र यात्रा गर्नेहरूको सङ्ख्या १८ प्रतिशतले बढेको थियो।”

सन् २०२६ मार्चमा भएको डुङ्गा दुर्घटनामा नौ जनाको मृत्यु र ४५ जना बेपत्ता भएका थिए।

आईओएमका प्रवक्ता केनेडी ओमोन्डी ओकोथले यस साता एएफपीलाई बताएअनुसार यात्रा गर्ने अधिकांश व्यक्ति इथियोपिया वा सोमालियाका हुन् ।
उहाँले भन्नुभयो, “धेरै जना जिबुटीमै अड्किएका छन्।

आईओएमले ‘जिबुटीको प्रतिक्रियालाई बलियो बनाउन, खोज तथा उद्धार अभियान र जीवनरक्षक सहायतासहित दाता र साझेदारहरूलाई सहयोग बढाउन’ आग्रह गरेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan