Monday 12th of October | २०८३ असोज २६ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भोटेकोशी बाढीपीडित सशस्त्र प्रहरी परिवारलाई महिला संघको राहत

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २६ सोमबार |
newsabhiyan

काठमाडौं । सशस्त्र प्रहरी परिवार महिला संघले भोटेकोशी बाढीबाट प्रभावित सशस्त्र प्रहरी कर्मचारी, उनीहरूका आश्रित परिवार तथा अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई राहत रकम हस्तान्तरण गरेको छ।

संघकी अध्यक्ष सावित्रा कुमारी पौडेलले असोज २६ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रभावित परिवार तथा कर्मचारीलाई राहत रकम हस्तान्तरण गर्नुभएको हो।

भोटेकोशी बाढीमा बहालवाला १३ जना र अवकाशप्राप्त एक जना गरी १४ जना सशस्त्र प्रहरी कर्मचारी बेपत्ता भएका थिए। त्यस्तै, अवकाशप्राप्त एक जना सशस्त्र प्रहरी कर्मचारी घाइते भएका थिए भने दुई जना सशस्त्र प्रहरी कर्मचारीका परिवारका सदस्यसमेत बेपत्ता भएका थिए।

संघले बेपत्ता बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीका परिवारलाई प्रतिपरिवार २५ हजार रुपैयाँ, परिवारका सदस्य बेपत्ता भएका सशस्त्र प्रहरी कर्मचारीलाई जनही १० हजार रुपैयाँ र घाइते अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई १० हजार रुपैयाँ राहत उपलब्ध गराएको छ।

अध्यक्ष पौडेलले बेपत्ता सशस्त्र प्रहरी सहायक हवल्दार कृष्णकुमार कार्की, आशिष पौडेल र जवान साजन कुँवरका परिवार तथा अवकाशप्राप्त सशस्त्र प्रहरी सहायक निरीक्षक बलबहादुर घर्ती मगर र परिवारका सदस्य बेपत्ता भएका दुई जना महिला सशस्त्र प्रहरी कर्मचारीलाई राहत रकम हस्तान्तरण गर्नुभएको थियो। बेपत्ता अन्य सशस्त्र प्रहरी कर्मचारीका परिवारलाई समेत भेट गरी राहत रकम उपलब्ध गराइने संघले जनाएको छ।

यसैगरी, संघले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा रहेको विपद् कोषमा जम्मा गर्न ५० हजार ५ सय ५५ रुपैयाँ सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक अञ्जनीकुमार पोखरेललाई हस्तान्तरण गरेको छ।

संघले विभिन्न आयमूलक क्रियाकलाप सञ्चालन गरी उक्त राहत रकम संकलन गरेको जनाएको छ। बाढीबाट प्रभावित सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले राहत वितरण गरिएको हो।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan