Tuesday 13th of October | २०८३ असोज २७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

शान्ति समाजको राष्ट्रिय परिषद् सुर्खेतमा हुने, आधा दर्जनको राजीनामा स्वीकृत

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २७ मंगलबार |

काठमाडौं, २७ असोज । मानव अधिकार तथा शान्ति समाजको २९ औँ राष्ट्रिय परिषद् बैठक २०८३ माघ ९ र १० गते समाजको सुर्खेत शाखाको आतिथ्यमा वीरेन्द्रनगर सुर्खेतमा हुने भएको छ । २९ औँ रा.प.बैठकको मूल नारा “जलवायु न्याय हाम्रो अधिकार, विधिको शासनः आधारभूत स्वतन्त्रता सहितको सुशासन” रहेको छ ।

राष्ट्रिय परिषद् समाजको सर्वोच्च नीति निर्णायक निकाय हो । रा.प.बैठकले २७ सदस्यीय केन्द्रीय कार्यसमितिको निर्वाचन पनि गर्नेछ । रा.प बैठकमा समाजका जिल्ला शाखाहरूबाट प्रतिनिधि तथा पर्यवेक्षकहरू गरी २५० भन्दा बढीको सहभागिता रहने छ ।

यसैबीच राजनीतिक दलको विभिन्न तहको पद धारण गरेका कारण केन्द्रीय कार्यसमितिका उपसभापति लक्ष्मीनारायण मिश्र, वाग्मती प्रदेश सचिव दिवाकर पुडासैनी, केन्द्रीय सदस्यहरू सुशीला रिजाल र रोजिना विष्ट, केन्द्रीय कार्यसमितिका सल्लाहकार रामकृष्ण बरालले शान्ति समाज केन्द्रीय समितिमा धारण गरेको पदबाट दिनुभएको राजीनामा, उहाँहरूले गरेको योगदानप्रति धन्यवादसहित केन्द्रीय समितिले स्वीकृत गरेको छ ।

साथै काठमाडौँ शाखा सभापति विकास थापाले पनि सोही कारण राजीनामा दिएको हुँदा उपसभापति सार्जन चापागाईँ काठमाडौँ शाखाको कार्यवाहक सभापति हुनुभएको छ ।

यसै गरी व्यक्तिगत कारण दर्शाइ केन्द्रीय सदस्य शम्भु राउतले दिनुभएको राजीनामा पनि धन्यवादसहित स्वीकृत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan