Sunday 25th of October | २०८३ कार्तिक ९ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बर्जुमा बोराभित्र पुरुषको शव फेला

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ९ आइतबार | (रासस)

सुनसरी, ८ कात्तिकः सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसेलिया खोलामा बोराभित्र हालिएका अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

    भारतको बनारस घर भई हाल विराटनगर महानगरपालिका–६ मा बस्दै आएका लालजीप्रसाद गुप्ताको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक पुष्पराज मल्लले जानकारी दिनुभयो । मृतक गुप्ता विगत ४० वर्षभन्दा बढी समयदेखि नेपालमा बस्दै आएका थिए ।

    स्थानीयवासीले खोलामा फालिएको बोरामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना पाएलगत्तै प्रहरी प्रमुख उपरीक्षक मल्लसहितको प्रहरी टोली घटनास्थल पुगेको थियो । गुप्ताको मृत्यु कसरी भयो र घटनामा को संलग्न छन् भन्नेबारे थप अनुसन्धान भइरहेको प्रमुख मल्लले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan