चितवन राइनोजको आधिकारिक निर्माण साझेदारमा वेदालय
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ का लागि चितवन राइनोजले वेदालयलाई आफ्नो आधिकारिक निर्माण साझेदारका रूपमा स्वागत गरेको छ।
निर्माण सामग्रीको व्यापारमा संलग्न वेदालय र चितवन राइनोजबीच साझेदारीसम्बन्धी सम्झौता भएको हो।
सम्झौतामा वेदालयका तर्फबाट सुदिन बिष्ट र चितवन राइनोजका तर्फबाट डा. आशिष खड्काले हस्ताक्षर गरेका छन्।
यस साझेदारीसँगै वेदालयले एनपीएल सिजन–३ मा चितवन राइनोजको आधिकारिक निर्माण साझेदारका रूपमा सहकार्य गर्नेछ।
वेदालय घर निर्माणका लागि आवश्यक विभिन्न सामग्रीको बिक्री तथा वितरणमा संलग्न ट्रेडिङ कम्पनी हो। कम्पनीले यूपीभीसी (uPVC) झ्याल तथा ढोका, स्टोन कोटेड रूफिङ, धारा, बाथरुममा प्रयोग हुने सामग्री, पेन्टलगायत घर निर्माणसँग सम्बन्धित सामग्री उपलब्ध गराउँदै आएको छ।
निर्माण सामग्रीको क्षेत्रमा आफ्नो व्यावसायिक पहिचान विस्तार गरिरहेको वेदालयले खेलकुदसँगको साझेदारीमार्फत ब्रान्ड प्रवर्द्धन र बजारमा आफ्नो उपस्थिति थप मजबुत बनाउने अवसर प्राप्त गर्ने अपेक्षा गरिएको छ।
त्यस्तै, चितवन राइनोजले पनि व्यावसायिक संस्थाहरूसँग सहकार्य गर्दै आफ्नो संस्थागत सम्बन्ध र प्रायोजनको दायरा विस्तार गर्ने अवसर पाउनेछ।

