Tuesday 20th of October | २०८३ कार्तिक ४ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विपद्का २४ घटनामा एकको मृत्यु, ११ जना घाइते

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ४ मंगलबार | रासस


काठमाडौँ, ३ कात्तिकः बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् ।  विपत्तिका घटनाबाट रु १८ लाख दुई हजार ५०० बराबरको क्षति भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आगलागीका १५, सर्पदंशका पाँच र जनावर आक्रमणको एउटा घटना भएको छ । क्षतिको पूर्ण विवरण सङ्कलन भइरहेको छ ।

यसैबीच, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गत असोज २५देखि आजसम्म मादक पदार्थ सेवन गरेका ६७७ जना र लागुऔषध सेवन  गरी सवारी चलाएका २६ जना चालकलाई  कारबाही गरेको छ । उनीहरूमाथि सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार कारबाही भएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan