Thursday 29th of October | २०८३ कार्तिक १२ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मकवानपुर प्रहरीद्वारा मातहतका कार्यालयसँग कार्यसम्पादन सम्झौता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १२ बिहीबार |

हेटौँडा, ११ कात्तिकः जिल्ला प्रहरी कार्यालय मकवानपुरले मातहतका प्रहरी कार्यालय प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेको छ ।

    जिल्ला प्रहरी कार्यालयमा आज आयोजित कार्यक्रममा कार्यालय प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले मातहतका प्रहरी कार्यालय प्रमुखसँग कार्यसम्पादन सम्झौता गर्नुभएको हो । सम्झौता गर्दै प्रहरी उपरीक्षक खत्रीले सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो । 

    उहाँले शान्तिसुरक्षा व्यवस्थापन, अपराध अनुसन्धान तथा नियन्त्रण, सेवा प्रवाहमा सुधार र प्रहरी कर्मचारीको जवाफदेहिता अभिवृद्धिमा ध्यान दिन निर्देशन दिनुभयो । 

    प्रहरी उपरीक्षक खत्रीले कार्यसम्पादन सम्झौता कागजी प्रक्रियामा मात्र सीमित नराखी व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । नागरिकका गुनासा र समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्दै प्रहरीप्रतिको जनविश्वास अभिवृद्धि हुने गरी काम गर्नुपर्ने उहाँको भनाइ थियो ।

    कार्यक्रममा इलाका प्रहरी कार्यालय मनहरी, पालुङ, भीमफेदी, मकवानपुरगढी, ठिङ्गन, फापरबारी, पशुपतिनगर, वडा प्रहरी कार्यालय सानोपोखरा तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुखसँग कार्यसम्पादन सम्झौता गरिएको थियो ।

    सम्झौतामार्फत मातहतका प्रहरी कार्यालयको जिम्मेवारी र कार्यसम्पादनको लक्ष्य स्पष्ट गर्दै निर्धारित लक्ष्य प्राप्तिका लागि नियमित अनुगमन तथा मूल्याङ्कन गरिने छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan