Thursday 29th of October | २०८३ कार्तिक १२ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेप्से परिसूचक ३१ दशमलव ५४ अङ्कले बढ्यो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १२ बिहीबार |

काठमाडौँ, १२ कात्तिकः धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । 

    नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक  ३१ दशमलव ५४ अङ्कले बढेर दुई हजार ६९५ दशमलव ६० मा पुगेको छ ।

    ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक  छ दशमलव ४१ अङ्कले बढेर ४८८ दशमलव २१ मा पुगेको छ । 

    त्यस्तै फ्लोट सूचक दुई दशमलव २७ अङ्कले बढेर १८७ दशमलव ०१ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक दुई दशमलव २५ अङ्कले बढेर १६५  दशमलव ३४ मा पुगेको छ । 

    आज विभिन्न कम्पनीका दुई करोड ३२ लाख ५८ हजार नौ कित्ता शेयर रु आठ अर्ब ५७ करोड ९८ हजार  ८२३ मूल्यमा खरिद बिक्री भएको छ ।  

    तेह्रवटै उपसमूह बढेका छन् । आज १८१ कम्पनीको शेयर बढ्यो भने  ९१ कम्पनीको शेयर घट्यो । त्यसैगरी छ कम्पनीको शेयर स्थिर रह्यो । नेप्सेका अनुसार बेनी हाइड्रोपावर, सोपान फार्मास्युटिकल्स, नेपाल रिइन्सुरेन्स कम्पनीलगायतका लगानीकर्ताले कमाएका छन् । 

    त्यसैगरी, नेपाल इन्फास्ट्रचर एण्ड डेभलपमेन्ट, चिर्खवा हाइड्रोपावर र सनराइज व्लुचिपलगायतका कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan