Thursday 29th of October | २०८३ कार्तिक १२ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विपद् प्रभावितको पुनस्र्थापना गर्न जग्गा खरिद प्रक्रिया सहज बनाइँदै

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १२ बिहीबार | (रासस)

काठमाडौँ, १२ कात्तिकः भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले विपद् प्रभावित स्थानीय तहलाई पुनस्र्थापना गर्न आवश्यक जग्गा खरिद तथा अधिग्रहण सहज बनाउन कानुन संशोधनका लागि छलफल सुरु गरेको छ ।

    मन्त्रालयका सचिव मदन भुजेलले जग्गा अधिग्रहणको प्रक्रिया सङ्घीय  सरकारमार्फत मात्रै हुने र लामो समय लाग्ने गुनासो आएकाले स्थानीय तहलाई आवश्यक जग्गा उपलब्ध गराउने प्रक्रिया सहज बनाउने विषयमा छलफल भइरहेको बताउनुभयो ।

    राष्ट्रियसभाको भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिमा उहाँले स्थानीय तहलाई निजी जग्गा खरिद तथा अधिग्रहण गर्न सहज बनाउन कानुन संशोधनबारे छलफल भइरहेको जानकारी दिनुभयो ।

    सचिव भुजेलले प्रभावित परिवारलाई सुरक्षित स्थानमा पुनस्र्थापना गर्न मन्त्रालयले जग्गा पहिचानको काम गरिसकेको  बताउनुभयो । उहाँका अनुसार नापी विभागका महानिर्देशकको नेतृत्वमा गठित समितिले २७७ कित्ताका तीन हजार २७९ रोपनी जग्गा पहिचान गरी प्रतिवेदन कार्यान्वयनका लागि पूर्वाधार विकास मन्त्रालयमा पठाइसकेको छ ।

    सचिव भुजेलले विपद् प्रभावित क्षेत्रमा सुरक्षित बस्ती विकासका लागि जग्गा पहिचान गरेको र पहिचान भएका जग्गामा उपयुक्त स्थान छनोट गरी बस्ती बसाउने काम पूर्वाधार विकास मन्त्रालयले गर्ने जानकारी दिनुभयो । उहाँले पुनस्र्थापना प्रभावकारी बनाउन स्थानीय तह, सम्बन्धित मन्त्रालय र अन्य निकायबीच आवश्यक समन्वयको आवश्यकता औँल्याउनुभयो ।

    मन्त्रालयकाअनुसार जमिनको प्रकृतिअनुसार उपयोग गर्ने र जोखिमयुक्त स्थानमा बस्ती बसाउन निरुत्साहित गर्ने उद्देश्यले विज्ञ टोलीबाट सङ्घीय भू–उपयोग योजना र नीतिको अध्ययन भइरहेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan