Thursday 29th of October | २०८३ कार्तिक १२ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

समयमै सूचना प्रवाह र पूर्वतयारीका कार्य सुनिश्चित गर्नु आवश्यक छः कार्यकारी प्रमुख डा उप्रेती

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १२ बिहीबार |

काठमाडौँ, १२ कात्तिकः राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीले कुनै एक भागमा पहिचान गरिएको प्रकोपले अन्यत्र पनि जनधन र जीविकोपार्जनमा जोखिम उत्पन्न हुन सक्ने भएकाले समयमै सूचना प्रवाह र पूर्वतयारीका कार्य सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ ।

    थाइल्याण्डको बैंककमा आयोजित ‘सगरमाथादेखि सागरसम्मः शृङ्खलाबद्ध विपद् जोखिमबाट एसिया तथा प्रशान्त क्षेत्रमा उत्थानशीलता सुदृढ गर्न नेपालको भोटेकोशी–त्रिशूली विपद्बाट प्राप्त शिक्षा’ शीर्षकको क्षेत्रीय संवादको मुख्य सत्रमा आज प्रस्तुतीकरण गर्दै कार्यकारी प्रमुख डा उप्रेतीले सो कुरा बताउनुभएको हो ।

    कार्यकारी प्रमुख डा उप्रेतीले यसका लागि तथ्याङ्कको साझेदारी, संयुक्त जोखिम मूल्याङ्कन, अन्तरदेशीय पूर्वसूचना प्रणाली तथा समन्वित पूर्वतयारी आवश्यक भएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “जोखिमले हिमालदेखि सागरसम्मलाई जोड्छ । त्यसैले, हाम्रो प्रतिकार्यले हाम्रो विज्ञान, हाम्रा संस्थाहरू र हाम्रा देशहरूलाई जोड्नुपर्छ ।”

    ‘नेपालको विपद्बाट प्राप्त सिकाइ र हिमाली क्षेत्रमा विपद् जोखिम सुशासन तथा पूर्वतयारीका लागि यसको प्रभाव’ शीर्षकको प्रस्तुतीमार्फत कार्यकारी प्रमुख डा उप्रेतीले हिमाली क्षेत्रमा हुने परिवर्तनका परिणामहरू त्यसका तत्कालीन स्रोत क्षेत्रभन्दा धेरै टाढासम्म फैलिने भएकाले हिमाली तथा तल्लो तटीय देशहरूबीचको सहकार्यलाई सुदृढ बनाउन जोड दिनुभयो । उहाँले नेपालमा अब हुने पुनर्निर्माणमार्फत् उत्थानशीलतालाई प्रवर्द्धन गर्न लागिएको जानकारी दिनुभयो । 

    थाइल्याण्डको बैंककमा आयोजित एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनका क्रममा क्षेत्रीय संवाद आयोजना भएको हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan