Monday 2nd of November | २०८३ कार्तिक १६ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गाउँपालिका महासंघकी अध्यक्ष पाण्डे अन्तर्राष्ट्रिय संगठनको अध्यक्षमा निर्वाचित

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १६ सोमबार |

काठमाडौँ । नेपालको गाउँपालिका राष्ट्रिय महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डे एसियाभरीका स्थानीय स्थानीय सरकारहरुको साझा संस्थाको अध्यक्षमा निर्वाचित भएकी छिन् । 
गत विहिवार र शुक्रवार चिनमा भएको युनाईटेड सिटिज एण्ड लोकल गभर्मेन्ट एसिया प्यासिफिकको विस्तारित बैठकले उहाँलाई अध्यक्षको जिम्मेवारी दिएको हो । 
नेपाली काँग्रेसबाट नवलपरासीको हुप्सेकोट गाउँपालिकाको अध्यक्ष समेत रहेकी पाण्डेले गत सन् २०२३ देखि यस संस्थाको कार्यसमिति सदस्यका रुपमा रहेकोमा अहिले अध्यक्षको जिम्मेवारी पाएको जानकारी दिईन । 

एसियाका ५१ देशका स्थानीय सरकारका हजारौँ प्रतिनिधि तथा सयौँ संस्थाहरु सदस्य रहेको यस संस्थामा नेपालबाट गाउँपालिका महासंघसँगै नगरपालिका संघ पनि सदस्य रहेको छ । यस संस्थाको केन्द्रीय कार्यालय इन्डोनेसियाको जाकार्तामा रहेको छ । 
गत २०२३ मा अध्यक्षमा निर्वाचित रहनु भएका फिलिपिन्सको क्विटीनो प्रान्तका गभर्नर दाकिला कार्लोको गत सेक्टेम्वर १५ का दिन निधन भएपछि अध्यक्ष पद खालि भएकाले नेपालकी पाण्डेले जिम्मेवारी लिनु परेको हो । 
आफुले स्थानीय सरकारहरुको अन्तर्राष्ट्रिय संगठनको नेतृत्व गर्दा अन्य देशहरुसँग नेपालको सम्वन्ध राम्रो बनाउन सघाउ पुग्नुका साथै स्थानीय सरकार सम्वन्धी धेरै ज्ञान र सिप नेपाललाई प्राप्त हुने उनको दावी छ । 

नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा उनले भनिन्, स्थानीय सरकारसम्वन्धी क्षमता विकास, अध्ययन अनुसन्धान, अनुभव र अवसरका लागि यो संस्थाबाट सहयोग पुग्न सक्छ ।
स्थानीय सरकारका बारेमा संसारभरी पैरवी गर्दै आएको यस संस्थाले नेपालमा पनि विभिन्न परियोजनाहरुको विकास र विस्तार गर्ने तयारी भइरहेको अध्यक्ष पाण्डेले जानकारी दिईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan