Wednesday 4th of November | २०८३ कार्तिक १८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

खोलामा कार खस्दा एक जनाको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १८ बुधबार |

नारायणगढ (चितवन), १८ कात्तिकः चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित जलविरे झरनाको खोलामा कार खस्दा एक जनाको मृत्यु भएको छ ।
 
    आज दिउँसो झरनाबाट फर्किने क्रममा डब्लुबी ०२ एपी ३४५८ नम्बरको भारतीय कार अनियन्त्रित भई खोलामा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
 
    जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार दुर्घटनामा एक पुरुषको घटनास्थलमै मृत्यु भएको हो । मृतकको साथबाट भारतको पश्चिम बङ्गालस्थित कालिम्पोङको ठेगाना उल्लेख भएको ४१ वर्षीय सायन्तन गायेन नामको राहदानी फेला परेको छ ।
 
    प्रारम्भिक अनुसन्धानमा कारमा एक जना मात्र सवार रहेको खुलेको प्रहरीले जनाएको छ । मृतकको पहिचान तथा दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan