Thursday 5th of November | २०८३ कार्तिक १९ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भ्रष्टाचारीलाई जेल हाल्न र अवैध सम्पत्ति जफत गर्न ज्ञानेन्द्र शाहीको प्रधानमन्त्रीलाई आग्रह

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १९ बिहीबार |

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले भ्रष्टाचारीलाई कारबाही गर्न, अवैध सम्पत्ति जफत गर्न र देशमै रोजगारी सिर्जना गर्न प्रधानमन्त्री वालेन्द्र शाहसँग आग्रह गरेका छन्।

फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै शाहीले प्रधानमन्त्रीलाई कसलाई सरकारबाट हटाउने र कसलाई जिम्मेवारी दिने भन्नेभन्दा पनि भ्रष्टाचार नियन्त्रण र अपराधीमाथिको कारबाहीलाई प्राथमिकतामा राख्न आग्रह गरेका हुन्।

उनले भ्रष्टाचारीलाई जेल हाल्नुपर्ने, उनीहरूको अवैध सम्पत्ति जफत गर्नुपर्ने र अपराधमा संलग्न जोसुकै भए पनि आफ्नो–पराइ तथा पार्टीगत आधारमा भेदभाव नगरी कारबाही गर्नुपर्ने बताएका छन्।

शाहीले देशमा रोजगारीका अवसर सिर्जना गरी नेपाली युवालाई वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताको अन्त्य गर्नुपर्नेमा समेत जोड दिएका छन्।

‘अबको पाँच वर्षपछि कुनै पनि नेपाली युवा विदेशमा गएर पसिना बगाउन नपरोस्, अर्काको देशमा श्रम गर्न बाध्य हुन नपरोस्,’ उनले लेखेका छन्।

प्रधानमन्त्री शाह र रवि लामिछानेलाई सम्बोधन गर्दै उनले जनताको अपेक्षा भ्रष्टाचारमुक्त शासन, निष्पक्ष कानुनी कारबाही र स्वदेशमै रोजगारीको अवसर भएको उल्लेख गरेका छन्।

‘प्रधानमन्त्रीज्यू, जनताको अपेक्षा यत्ति हो,’ शाहीले आफ्नो फेसबुकमा लेखेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan