यु-१९ एसिया कप: युएईविरुद्ध नेपाललाई ब्याटिङको निम्तो
काठमाडौँ, २२ कात्तिक: ओमानमा जारी एसिसी यु-१९ एसिया कप पुरुष क्रिकेट प्रतियोगितामा युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ । यो खेल ओमानको अलमरात क्रिकेट मैदानमा भइरहेको हो । जारी प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा छ ।
नेपालले पहिलो खेलमा भारतविरुद्ध १० विकेटको फराकिलो हार व्यहोरेको थियो । नेपाल आज युएईलाई हराउँदै उत्कृष्ट पुनरागमन गर्ने योजनामा छ । उता युएई पनि नेपाललाई हराएर जितको खाता खोल्ने योजनामा छ । उसले पहिलो खेलमा पाकिस्तानविरुद्ध नौ विकेटको पराजय व्यहोरेको थियो ।
युएईसँगको पछिल्लो पाँच खेलमध्ये नेपालले चार खेलमा जित निकालेको छ । नेपाल र युएईबीचका अन्तिमपटक सन् २०


