Friday 6th of November | २०८३ कार्तिक २० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपालले आयोजना गर्ने विश्वकप छनोट प्लेअफको खेल तालिका सार्वजनिक

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २० शुक्रबार |

काठमाडौँ, २० कात्तिकः नेपालमा आयोजना हुन लागेको आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आज सार्वजनिक गरेको तालिकाअनुसार घरेलु टोली नेपालले डिसेम्बर ४ तारिखमा इटलीसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।  

नेपालले प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेल डिसेम्बर ६ तारिखमा युगाण्डासँग खेल्ने तालिका छ । त्यसपछि नेपालले डिसेम्बर १० मा युनाइटेड अरब इमिरेट्स (युएई), डिसेम्बर १२ मा जर्सी र डिसेम्बर १४ मा क्यानडासँग मैदानमा उत्रिनेछ । त्यस्तै, नेपालले डिसेम्बर १८ मा नामिबिया र डिसेम्बर २१ तारिखमा कुवेतविरुद्ध खेल्ने तालिका छ ।

यस प्रतियोगितामा नेपालसहित आठ राष्ट्रको सहभागिता रहनेछ । आइसिसी क्रिकेट विश्वकप लिग–२ को पुछारमा रहेका नेपाल, नामिबिया, क्यानडा र युएईसँगै च्यालेन्ज लिगबाट छनोट भएका इटाली, कुवेत, युगान्डा र जर्सीले प्रतिस्पर्धा गर्नेछन् ।

अङ्क तालिकाको शीर्ष चार स्थानमा रहने टोलीले सन् २०२७ को एकदिवसीय विश्वकप ग्लोबल क्वालिफायरमा आफ्नो स्थान सुरक्षित गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan