Friday 6th of November | २०८३ कार्तिक २० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

काभ्रेमा तिहारभर टिपर सञ्चालनमा रोक

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २० शुक्रबार |

बनेपा (काभ्रे), २० कात्तिकः बिपी र अरनिको राजमार्गलगायत मुख्य तथा सहायक सडकमा टिपर सञ्चालनमा रोक लगाइएको छ । 

जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकले तिहार पर्वलाई लक्षित गर्दै रोक लगाएको हो ।

तिहारका बेला सडकमा हुने सवारी चाप तथा सम्भावित दुर्घटनाको जोखिम न्यूनीकरण गरी यात्रुवाहक सवारीसाधनको आवागमन सहज बनाउन टिपर सञ्चालनमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्र विश्वकर्माले जानकारी दिनुभयो । 

उहाँका अनुसार जिल्ला सुरक्षा समितिको २०८३ कात्तिक १९ गते बसेको बैठकको निर्णयअनुसार कात्तिक २२ गते बिहान ५ः०० बजेदेखि कात्तिक २६ गते बेलुका ९ः०० बजेसम्म जिल्लाभित्रका मुख्य तथा सहायक सडकमा टिपर सञ्चालन गर्न रोक लगाइएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan