Wednesday 4th of November | २०८३ कार्तिक १८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रथम व्यास मेयर कपको उपाधि व्यास-१ लाई

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १८ बुधबार |
newsabhiyan

दमौली (तनहुँ), १८ कात्तिक: प्रथम व्यास मेयर कप फुटबल प्रतियोगिताको उपाधि व्यास नगरपालिका-१ ले जितेको छ । व्यास नगरपालिका नगर खेलकुद समितिको आयोजनामा मङ्गलबार व्यास-३ स्थित बिपी वनवाटिका खेलमैदानमा सम्पन्न फाइनल खेलमा व्यास-८ लाई १-० गोलअन्तरले पराजित गर्दै व्यास-१ ले पहिलो संस्करणको उपाधि आफ्नो नाममा लेखाएको हो ।

प्रतिस्पर्धात्मक बनेको फाइनल खेलमा व्यास-१ ले व्यास-८ विरुद्ध निर्णायक गोल गर्दै उपाधि चुमेको हो । उपाधिसँगै व्यास-१ ले नगद रु एक लाख प्राप्त गरेको छ । उपविजेता बनेको व्यास-८ ले नगद रु ७५ हजारमा चित्त बुझाएको छ ।

प्रतियोगितामा व्यास-१ र व्यास-८ ले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गरेका थिए । व्यास-८ ले सेमिफाइनलमा व्यास-७ लाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो भने व्यास-१ ले व्यास-६ लाई पराजित गर्दै उपाधि भीडन्त पक्का गरेको थियो ।

व्यास नगरपालिकाका १४ वटै वडाको सहभागिता रहेको प्रतियोगिताले स्थानीयस्तरमा फुटबल खेलको विकास, खेलाडीको प्रतिभा पहिचान तथा वडाबीच आपसी सद्भाव र एकता अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्याएको आयोजकको विश्वास छ ।

प्रतियोगिताको समापनका अवसरमा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले नगरपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । खेलकुदले युवाको प्रतिभा प्रस्फुटन गराउनुका साथै अनुशासन, एकता र स्वस्थ समाज निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो ।

त्यस्तै, व्यास-६ का वडाध्यक्ष एवं नगर खेलकुद समितिका अध्यक्ष जीवन गुरुङले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने खेलाडी, प्रशिक्षक, जनप्रतिनिधि, रेफ्री, आयोजक तथा खेलप्रेमी सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan