Thursday 12th of November | २०८३ कार्तिक २६ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पुल बनेपछि यात्रा अवधि छोटियो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २६ बिहीबार | रासस

म्याग्दी, २६ कात्तिकः म्याग्दीको धौलागिरि गाउँपालिका–७ काउसीबोट र वडा नं ४ को बाँसबोट जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि यात्रा अवधि छोटिएको छ ।

    सङ्घीय सरकारको सस्पेन्सन ब्रिज डिभिजन काठमाडौँले म्याग्दी नदीमाथि ३०३ मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो । धौलागिरि गाउँपालिका–७ का राजकुमार कोइरालाका अनुसार पुल निर्माणपछि आवतजावतका लागि यात्रा अवधि छोटिनुका साथै पर्यटकको चहलपहल बढेको बताउनुभयो । उहाँका अनुसार एक घण्टाको यात्रा अवधि पाँच मिनेटमा छोटिएको छ ।

    धैलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले उक्त पुलबाट हिलापोखरी, बाँसबोट, खोरबाङ, सोलवाङ, खारा, खाम्ला, छहरी, खिवाङ, शिवाङ, ताकम, काफलडाडाका बासिन्दा लाभान्वित भएका जानकारी दिनुभयो । 

    उहाँका अनुसार बाँसबोटका किसानले उत्पादन गरेको केरा बजारीकरणमा सहज भएको छ । पुल निर्माणका लागि २०८२ साल असारमा रामकृष्ण–सोमरस जेभी र डिभिजनबीच रु एक करोड ६४ लाख १५ हजार २५४ मा ठेक्का सम्झौता भएको थियो । 

    अठार महिनाको ठेक्का अवधि रहेको थियो । निर्धारित समयभित्रै पुल सम्पन्न भएको निर्माण कम्पनीका प्रतिनिधि प्रवीन सापकोटाले बताउनुभयो ।

    धौलागिरि गाउँपालिकामा यसअघि गत वर्ष दुई वटा ३०० मिटरभन्दा लामा झोलुङ्गे पुल निर्माण भएको थियो । धौलागिरि गाउँपालिका–६ घाइरीबोट र खाउरीबाङ जोड्ने मराङखोलामा ३६५ मिटर र वडा नं –३ फलियागाँउ र दर जोड्ने दरखोलामा ३६६ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको थियो । योसहित हाल म्याग्दीमा ३०० मिटरभन्दा लामा झोलुुङ्गे पुलको सङ्ख्या सात वटा पुगेको छ ।

    रघुगङ्गा गाउँपालिका–१ बेग र बादुक जोड्ने बेगखोलामा ३६५ दशमलव ८० मिटर, मालिका गाउँपालिका–७ बिमवाङ र धौलागिरि गाउँपालिका–६ रिख जोड्ने ३५० मिटर, बेनी नगरपालिका–१ रत्नेचौर र बागलुङ नगरपालिका–४ कुडुले जोड्ने ३८८ मिटर र अन्नपूूर्ण गाउँपालिका–५ शिख र किन्दु जोड्ने ३४४ मिटर लामो पुल निर्माण भइसकेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan