Friday 13th of November | २०८३ कार्तिक २७ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विपन्न परिवारलाई कपडा तथा खाद्यान्न वितरण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २६ बिहीबार | रासस

वीरगन्ज (पर्सा), २६ कात्तिकः छठ पर्वको अवसरमा रुङ्टा वेलफेयर सोसाइटी वीरगन्जले पर्साको मनियारीका ३०० विपन्न परिवारका बर्तालु महिलालाई कपडा तथा खाद्यान्न वितरण गरेको छ ।

    ‘आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारका महिलालाई पर्व मनाउन सहज होस्’ भन्ने उद्देश्यले सोसाइटीले सामाजिक उत्तरदायित्वअन्तर्गत छठ पर्व मनाउने महिलालाई आवश्यक सामग्री सहयोगस्वरूप वितरण गरेको हो । यहाँ आज आयोजित कार्यक्रममा प्रत्येक बर्तालु विपन्न परिवारका महिलालाई एक थान साडी र दुई किलो पिठो  प्रदान गरिएको सोसाइटीका अध्यक्ष सुरेश रुङ्टाले जानकारी दिनुभयो ।

    सोसाइटीले स्थापनाकालदेखि नै विभिन्न सामाजिक तथा सेवामूलक गतिविधिमार्फत समुदायमा सहयोग गर्दै आएको छ । सो अवसरमा छठ पर्वको धार्मिक तथा सांस्कृतिक महत्त्वबारे चर्चा गरिएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan