Thursday 19th of November | २०८३ मङ्सिर ३ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर २ बुधबार |
newsabhiyan

काठमाडौँ, २ मङ्सिरः धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव  ०५ अङ्कले घटेर दुई हजार ६२५ दशमलव ०५मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव  ०६ अङ्कले घटेर ४७६ दशमलव १५ मा पुगेको छ । 

त्यस्तै फ्लोट सूचक शून्य दशमलव ५६ अङ्कले घटेर १८२ दशमलव  २० मा पुगेको छ ।

त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ३४ अङ्कले घटेर १६१  दशमलव ४२मा पुगेको छ । 

आज विभिन्न कम्पनीका एक करोड एक लाख ६२ हजार ६०५ कित्ता सेयर रु चार अर्ब १५ करोड ४९ लाख २५ हजार १०७ मूल्यमा खरिद बिक्री भएको छ ।

१३ उपसमूहमध्ये ११ उपसमूह घट्यो भने दुई उपसमूह बढेको छ । ६९ कम्पनीको सेयर बढ्यो भने २०० कम्पनीको सेयर घटेको छ । त्यसैगरी १० कम्पनीको सेयर स्थिर रह्यो ।

नेप्सेका अनुसार आज सानिमा लार्ज क्याप फण्ड, कुमारी सवल योजना र लिवर्टी इनर्जी कम्पनीलगायतका लगानीकर्ताले आम्दानी गरेका छन् ।

त्यसैगरी एभरेष्ट कलर, सयपत्री हाइड्रोपावर र सेन्ट्रल फाइनान्सलगायतका लगानीकर्ताले गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan