Saturday 21st of November | २०८३ मङ्सिर ५ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दक्षिण कोरियामा १० वर्षपछि हैजा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ४ शुक्रबार | (रासस-एपी)

सियोल, ४ मङ्सिर : दक्षिण कोरियामा एक दशकपछि पहिलो पटक हैजाको सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्य अधिकारीहरूले सुरक्षित पानी र स्वच्छ खानपानमा सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् ।

कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सीका अनुसार दक्षिणपूर्वी बन्दरगाह सहर चाङ्गवोनमा बान्ता र पखालाको लक्षण देखिएपछि अस्पताल पुगेका एक व्यक्तिमा हैजा पुष्टि भएको हो ।

ती व्यक्ति उपचारपछि मङ्गलबार निको भएर घर फर्किसकेका छन् । उनले पछिल्लो दुई महिनामा विदेश यात्रा नगरेको पाइएको छ । सङ्क्रमणको स्रोत र उनको सम्पर्कमा आएका व्यक्तिहरूको खोजी भइरहेको एजेन्सीले जनाएको छ ।

सन् २०१६ पछि दक्षिण कोरियामा हैजा पुष्टि भएको यो पहिलो घटना हो । सन् २००१ मा भएको ठूलो प्रकोपमा कम्तीमा १६२ जना सङ्क्रमित भएका थिए ।

हैजा दूषित पानी र खानाबाट फैलिने रोग हो । सङ्क्रमित व्यक्तिको दिसा वा बान्ताको सम्पर्कबाट पनि सर्न सक्ने यस रोगले गम्भीर अवस्थामा शरीरमा पानीको कमी गराई ज्यानसमेत लिन सक्छ ।

स्वास्थ्य अधिकारीहरूले सुरक्षित पानी पिउन, खाना राम्ररी पकाएर खान तथा फलफूल र तरकारी धोएर प्रयोग गर्न आग्रह गरेका छन् । शङ्कास्पद बिरामीको तत्काल परीक्षण गरी सङ्क्रमणबारे जानकारी गराउन स्वास्थ्य संस्थाहरूलाई पनि निर्देशन दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan