Saturday 21st of November | २०८३ मङ्सिर ५ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भारत ‘ए’ विरुद्धको खेलमा नेपालले टस जित्यो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ४ शुक्रबार |

काठमाडौँ, ४ मङ्सिरः नेपालले भारत ‘ए’ विरुद्धको एसिया कप राइजिङ स्टार्स प्रतियोगितामा टस जितेर पहिला फिल्डिङ रोजेको छ ।

कतारको दोहास्थित वेस्ट इन्ड पार्क इन्टरनेसनल क्रिकेट स्टेडियममा भर्खरै भएको टसमा नेपाली टोलीका कप्तान सन्दिप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका हुन् । यससँगै भारत ‘ए’ले पहिला ब्याटिङ गर्नेछ ।

नेपालले एसीसी प्रिमियर कपको उपाधि जित्दै राइजिङ स्टार्स एसिया कपमा स्थान बनाएको हो । प्रतियोगितामा विभिन्न आठ टिमको सहभागिता रहेको छ । जसमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा भारत ‘ए’, पाकिस्तान ‘ए’ र युएई छन् ।

त्यस्तै समूह ‘ए’मा श्रीलङ्का ‘ए’, बङ्गलादेश ‘ए’, अफगानिस्तान ‘ए’ र हङ्कङ छन् । समूह ‘बी’मा रहेको नेपालले आइतबार युएई र मङ्गलबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल प्रिमियर लिग (एनपिएल) चलिरहेका कारण रोहित पौडेल, दीपेन्द्रसिंह ऐरीजस्ता खेलाडी भने प्रतियोगितामा सहभागी छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan