Tuesday 24th of November | २०८३ मङ्सिर ८ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चितुवाको आक्रमणबाट किशोरीको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ८ मंगलबार |
newsabhiyan

बर्दिया, ८ मङ्सिरः बर्दियाको राजापुरमा चितुवाको आक्रमणबाट १३ वर्षीया किशोरीको मृत्यु भएको छ । राजापुर नगरपालिका–१० मझराकी कमलासिंह ठकुरीको चितुवाको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार सोमबार साँझ आँगनमा खेलिरहेका बेला चितुवाले किशोरीमाथि आक्रमण गरी घिसारेर लगेको थियो ।

बेपत्ता भएकी किशोरीलाई अभिभावकले खोजी गर्ने क्रममा घरदेखि करिब ३०० मिटर पश्चिम–दक्षिणतर्फ सिमलको झ्याङमा शव फेला परेको थियो ।

चितुवाको आक्रमणबाट मृत्यु भएकी किशोरीको घाँटी तथा शरीरका संवेदनशील अङ्गमा चोट लागेको अवस्थामा शव फेला परेको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिनुभयो । उनको शव परीक्षणका लागि राजापुर नगर अस्पतालमा राखिएको छ ।

बर्दियाको राजापुर क्षेत्रमा चालु आर्थिक वर्षमा चितुवाबाट मृत्यु भएको यो दोस्रो घटना हो । गत असोज २२ गते पनि चितुवाको आक्रमणबाट राजापुर नगरपालिका–३, तिघ्राका ४२ वर्षीय मङ्गल थारुको मृत्यु भएको थियो ।

उक्त चितुवालाई डिभिजन वन कार्यालय बर्दियाले दुईवटा खोर (केज) राखेर एक हप्तामा नियन्त्रणमा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan