Tuesday 24th of November | २०८३ मङ्सिर ८ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ८ मंगलबार |
newsabhiyan

काठमाडौं, ८ मंसिर ।  काठमाडौँ, ८ मङ्सिरः धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलव ३९ अङ्कले बढेर दुई हजार ६३८ दशमलव ९५ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ८६ अङ्कले बढेर ४८२ दशमलव ३९ मा पुगेको छ । 

त्यस्तै फ्लोट सूचक एक दशमलव २५ अङ्कले बढेर १८३ दशमलव ८९ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक एक दशमलव ५३ अङ्कले बढेर १६३ दशमलव ९५ मा पुगेको छ । 

आज विभिन्न कम्पनीका एक करोड ४६  लाख ७० हजार १७७ कित्ता सेयर रु पाँच अर्ब ५५ करोड ३० लाख १९ हजार २४९ मूल्यमा खरिद बिक्री भएको छ ।

तेह्र उपसमूहमध्ये ११ उपसमूह बढ्यो भने दुई उपसमूह घट्यो । आज १६५ कम्पनीको सेयर बढ्यो भने १११ कम्पनीको सेयर घट्यो । त्यसैगरी तीन कम्पनीको सेयर स्थिर रह्यो ।

नेप्सेका अनुसार एभरेष्ट कलर, माउन्टेन हाइड्रोपावर र सिटि होटललगायतका कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

त्यसैगरी मानुषी लघुवित्त,मेन्छियाम हाइड्रोपावर, ओममेगा श्रीलगायतका लगानीकर्ताले गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan