Tuesday 24th of November | २०८३ मङ्सिर ८ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मिडिया सेन्टरको उद्घाटन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ८ मंगलबार |

सुर्खेत, मंसिर ८ गते । दसौं राष्ट्रिय खेलकुदलाई लक्षित गरी प्रचार प्रसार उपसमितिले कर्णाली प्रदेश रंगशालामा मिडिया सेन्टर स्थापना गरेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेलले मिडिया सेन्टरको मंगलबार औपचारिक उद्घाटन गरे ।

दसौं राष्ट्रिय खेलकुदका लागि खटिने सञ्चारकर्मीको सहजताका लागि मिडिया सेन्टर स्थापना गरिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) की सदस्य एवं प्रचार प्रसार उपसमितिकी संयोजक मोनालिशा खम्बूले बताइन् । मिडिया सेन्टरमा टेबल, कुर्सी, इन्टरनेटलगायतको सुविधा छ ।

सचिव पौडेलले मिडिया सेन्टरको अवलोकन गर्दै दसौं राष्ट्रिय खेलकुदको हरेक सूचना प्राप्त गर्न मिडिया सेन्टरले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan