भारत तस्करी हुँदै गरेका १५ वटा राँगा/भैँसी नियन्त्रणमा
कञ्चनपुर, ९ मङ्सिरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ बाट अवैध रुपमा भारत लैजान लागिएका १५ वटा राँगा/भैँसी नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट बुधबार खटिएको प्रहरी टोलीले अवैध रुपमा भारततर्फ लैजान लागिएको १५ वटा राँगा भैँसी बेवारिसे अवस्थामा नियन्त्रण लिएर कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी बुझाइएको प्रहरीले जनाएको छ ।
“अवैध तस्करी हुँदै गरेको अवस्थामा राँगा भैँसी नियन्त्रणमा लिएर कानुनबमोजिम कारबाहीका लागि भन्सार बुझाएका छौँ ।” जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले भन्नुभयो, “रु एक लाख ५५ हजार मूल्य बराबरका बेवारिसे राँगा भैँसी नियन्त्रणमा लिइएको हो ।”
