Wednesday 25th of November | २०८३ मङ्सिर ९ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

निर्वाचन आयोगद्वारा गगन नेतृत्वको काङ्ग्रेसलाई फेरि पनि मान्यता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ९ बुधबार |

काठमाडौँ। निर्वाचन आयोगले नेपाली काङ्ग्रेसका सभापति गगनकुमार थापाको नेतृत्वमा गठित नयाँ केन्द्रीय कार्यसमितिलाई फेरि पनि आधिकारिक मान्यता प्रदान गरेको छ। गत असोज १८ देखि २३ गतेसम्म काठमाडौँमा सम्पन्न पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिसँगै महाधिवेशनले पारित गरेको संशोधित विधान तथा राजनीतिक दस्तावेजहरूलाई समेत आयोगले औपचारिक रूपमा अद्यावधिक गरेको हो।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार काङ्ग्रेसले अद्यावधिकका लागि पेस गरेका सम्पूर्ण कागजपत्र, महाधिवेशनका निर्णय र विधान संशोधनसम्बन्धी विवरणहरूको कानुनी अध्ययन गरी आयोगको मङ्गलबारको बैठकले स्वीकृत गर्ने निर्णय गरेको थियो। सोही निर्णयबमोजिम आयोगले आज बुधबार नेपाली काङ्ग्रेसलाई विवरण अद्यावधिक गरिएको आधिकारिक पत्र प्रदान गरेको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो। उहाँले महाधिवेशनबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य र विधानलगायतका सबै विवरण आयोगको अभिलेखमा अद्यावधिक भइसकेको स्पष्ट पार्नुभयो।

काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता राजु कटुवालले पनि निर्वाचन आयोगबाट कार्यसमिति तथा विधान अद्यावधिक भएको आधिकारिक पत्र प्राप्त भइसकेको पुष्टि गर्नुभएको छ।
सभापति थापाले पनि जारी पार्टी केन्द्रीय समितिको बैठकमा पन्ध्रौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिलाइ निर्वाचन आयोगले अध्यावधिक गर्ने निर्णय गरेको जानकारी सहितको पत्र प्राप्त भएको बताउनु भएको थियो । 

यसअघि विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिलाई पनि आयोगले आधिकारिकता दिएको थियो। सोही कार्यसमितिले सम्पन्न गरेको १५औँ नियमित महाधिवेशनबाट गगन थापाको नेतृत्वमा २३१ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित भएको थियो। महाधिवेशनपछि महामन्त्री प्रदीप पौडेल नेतृत्वको टोलीले कात्तिक १६ गते विधान संशोधनको विवरण, राजनीतिक दस्तावेज र महाधिवेशनका निर्णयहरूसहित अद्यावधिकका लागि आयोगमा निवेदन दर्ता गराएको थियो।

आयोगको यो निर्णयसँगै काङ्ग्रेसको संस्थागत अभिलेखमा थापा नेतृत्वको कार्यसमितिले पुनः पूर्ण वैधानिकता पाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan