Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पोल्यान्डमा पहिलोपटक ‘नेपाल महोत्सव’ हुँदै

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असार २६ शुक्रबार | (रासस)

लिस्बन (पोर्चुगल) २६, असार : पोल्यान्डमा पहिलो पटक ‘नेपाल महोत्सव, २०२६’ आयोजना हुने भएको छ । हामी नेपाली ग्लोबल पोल्यान्ड शाखाको आयोजनामा पोल्यान्डको पोजनान शहरस्थित इम्पेरियल क्यासलमा यही जुलाई ११ तारिखमा महोत्सव आयोजना हुन लागेको हो । 

नेपाली कला, संस्कृति र पर्यटनको प्रचारप्रसार एवं प्रवद्र्धन गर्ने उद्धेश्यले पोल्यान्डमा पहिलोपटक नेपाल महोत्सवको आयोजना गरिएको शाखाकी अध्यक्ष शान्ति श्रेष्ठले बताउनुभयो ।

महोत्सवमार्फत पोलिस नागरिकलाई नेपालको सांस्कृतिक विविधता र मौलिक पहिचानसँग परिचित गराउँदै नेपाल भ्रमणका लागि प्रोत्साहित गर्ने उद्देश्य राखिएको उहाँले बताउनुभयो ।

महोत्सवमा जर्मनीका लागि कार्यवाहक नेपाली राजदूत तथा पोल्यान्डका लागि गैरआवासीय कार्यवाहक नेपाली राजदूत सागरप्रसाद फुयालको प्रमुख अतिथिका रुपमा सहभागिता रहनेछ ।

साथै पोल्यान्ड सरकारको कल्चरल डिपार्टमेन्ट, नेपाल चेम्बर अफ कमर्सलगायत विभिन्न संस्थाका प्रतिनिधिलाई कार्यक्रममा आमन्त्रण गरिएको आयोजक संस्थाले जनाएको छ ।

पोजनानस्थित मार्चिन ८०/८२ को सेन्त्रुम कुल्टुरे जामेखमा भेला भई सहभागीहरूले नेपालको झण्डासहित नेपाली मौलिक संस्कृति झल्काउने सांस्कृतिक नृत्य, झाँकी तथा परम्परागत भेषभूषासहित सहरका मुख्य चोकहरूको परिक्रमा गर्ने कार्यक्रम तय भएको छ भने इम्पेरियल कल्चरल सेन्टरको मुख्य हलमा भव्य कार्यक्रम हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan