Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जापान भूकम्प अपडेट : २८ जनाको मृत्यु, उद्धार प्रयास जारी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १४ बिहीबार | (रासस-एएफपी)

कुमामोटो (जापान) १४ साउन : जापानका आपतकालीन उद्धारकर्मीहरुले भुकम्पले भत्कीएको सपिङ्ग मलबाट जिवित मानिसहरुलाई बचाउने प्रयास गरिरहेको जनाइएको छ भने भूकम्पबाट मृत्यु हुनेहरूको सङ्ख्या २८ जना पुगेको पुष्टि भएको छ । 

गत मङ्गलबार गएको भूकम्प पछि ग्यास विस्फोट भएको एओन सपिङ मलको भग्नावशेषबाट चार जनाको शव निकालिएको कुमामोटो अधिकारीहरूले बताए पछि सरकारले नयाँ तथ्याङ्क जारी गरेको हो ।

मलबाट दश जनालाई बाहिर निकाल्न सफल भएको र तीनीहरु मध्ये चार जनाको मृत्यु भएको उनीहरुले पुष्टि गरेका छन् । उद्धार गरिएको पाँच जनालाई चोट लागेको  दक्षिणपश्चिमी क्षेत्रका विपद् व्यवस्थापन विभागका अधिकारीलाई उदृत गर्दै एएफपीले जनाएको छ  ।

जापानमा गएको ७.१–म्याग्निच्युडको भूकम्पले आवासिय घरहरू क्षतिग्रस्त भएको पुलहरूलाई क्षति पुर्याउनुका साथै दशौं हजार बासिन्दाहरू बिजुली र पानीको सुविदाबाट बञ्चित भएको जनाइएको छ ।

भूकम्प पछि सपिङ मल खाली गरिएको थियो तर करिब ५० मिनेट पछि ठुलो विस्फोट हुँदा अज्ञात सङ्ख्यामा कर्मचारीहरू अझै पनि भित्र रहेको आशंका गरिएको छ ।

 यात्सुशिरो सहरको निप्पोन पेपर कारखानामा पाँच जनाको मृत्यु भएको पुष्टि भएको  र अन्य चार जना बेपत्ता रहेको सरकारी अधिकारीलाई उदृत गर्दै बुधबार एएफपीले बताएको छ ।
युएस जियोलोजिकल सर्भेका अनुसार भूकम्पको तीव्रता ६.८ मापन गरिएको छ ।

प्रशान्त “रिंग अफ फायर“ को पश्चिमी किनारमा चार प्रमुख टेक्टोनिक प्लेटहरूको शीर्षमा अवस्थित जापान विश्वको सबै भन्दा भूकम्पीय रूपमा सक्रिय देशहरू मध्ये एक हो ।

कुमामोटो सन् २०१६ मा दुईवटा विनाशकारी भूकम्पले प्रभावित भएको थियो, जसमा २७३ जनाको मृत्यु भएको थियो  भने  हजार ८०० भन्दा बढी घाइते भएका थिए ।

सन् २०११ मा जापानमा ९.० म्याग्निच्युडको भूकम्प आउदा १८ हजार ५ सय मानिसको ज्यान गएको थियो भने फुकुसीमा आणविक संयन्त्र ध्वस्त भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan