Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आइसिसी विश्वकप क्रिकेट लिग २ः नेपालले नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण ७ बिहीबार | (रासस)
newsabhiyan

काठमाडौँ, ७ साउनः आइसिसी विश्वकप क्रिकेट लिग २ को आठौँ त्रिकोणात्मक श्रृङ्खलाअन्तर्गत नेपालले नेदरल्यान्ड्सविरुद्ध टस हारेर ब्याटिङ गरिरहेको छ । 

नेदरल्यान्ड्सको युट्रेच्टमा नेदरल्यान्ड्ले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको हो । नेपाल जारी श्रृङ्खलाको बुधबार भएको खेलमा नामिबियासँग आठ विकेटले पराजित भएको थियो ।

विश्वकप लिग २ मा २९ खेल खेल्दा नेपाल २४ अङ्कसहित अङ्क तालिकाको छैटौँ स्थानमा छ । नेदरल्यान्ड्स २८ खेलमा ३२ अङ्क जोड्दै अङ्क तालिकाको चौथो स्थानमा छ । 

नेपालको टोलीमा कप्तान रोहितकुमार पौडेल,  कुशल भुर्तेल, आशिफ शेख, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, इशान पाण्डे, आरिफ शेख, गुल्सन झा, करण केसी, सोमपाल कामी र ललित राजवंशी रहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan