Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ वार्षिकोत्सव

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण ७ बिहीबार | (रासस)
newsabhiyan

काठमाडौँ, ७ साउनः मुलुकको सबैभन्दा पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले आज आफ्नो ६७औँ वार्षिकोत्सव मनाएको छ ।

विश्वविद्यालय दिवसका अवसरमा कीर्तिपुरस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले झण्डोत्तोलन गर्नुभयो ।

त्यस अवसरमा दीर्घ सेवा गरेका न प्राध्यापक तथा कर्मचारीलाई दीर्घसेवा पदक प्रदान गरिएको थियो । विश्वविद्यालयका उपकुलपति प्रा डा भेला थापाले विश्वविद्यालयको वर्तमान अवस्था, प्रगति र भावी योजनाबारे जानकारी गराउँदै उत्कृष्ट शिक्षा, अनुसन्धान र नवप्रवर्तनमार्फत विश्वविद्यालयको शैक्षिक उन्नयनलाई आफूले केन्द्रमा राखेको बताउनुभयो । 

विसं २०१६ मा स्थापना भएको त्रिभुवन विश्वविद्यालयअन्तर्गत पाँच अध्ययन संस्थान, चार सङ्काय, ४० केन्द्रीय विभाग, ६४ आङ्गिक क्याम्पस, एक हजार ५३ सम्बन्धनप्राप्त क्याम्पस तथा चार अध्ययन केन्द्र छन् । हाल विश्वविद्यालयमा पाँच लाख विद्यार्थी अध्ययनरत छन् भने १६ हजार ६२ कर्मचारी कार्यरत छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan