Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कञ्चनपुरमा भारत सरकारको सहयोगमा विद्यालय भवन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १० आइतबार | (रासस)
newsabhiyan

काठमाडौँ, १० साउनः भारत सरकारको सहयोगमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित श्री महेश्वर माध्यमिक विद्यालयको भवन निर्माण हुने भएको छ । 
    
उक्त भवनको आज नेपालस्थित भारतीय राजदूतावासका प्रथम सचिव बशिष्ट नन्दन र भीमदत्त नगरपालिकाका उपप्रमुख नीलम लेखक जोशीले संयुक्त रुपमा शिलान्यास गर्नुभयो ।
    
दूतावासले सञ्चालन गरेको उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत निर्माण हुने उक्त भवन कञ्चनपुरको भीमदत्त नगरपालिकामार्फत कार्यान्वयन हुनेछ ।

परियोजनामार्फत कञ्चनपुरमा सञ्चालन भइरहेको यो ११औँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो । भवन निर्माणमा रु एक करोड नौ लाख खर्च हुनेछ । 
    
भीमदत्त नगरपालिकाका उपप्रमुख नीलम लेखक जोशीले भारत सरकारद्वारा प्रदान गर्दै आएको सहयोगको प्रशंसा गर्नुभयो ।

उहाँले नयाँ पूर्वाधारले भीमदत्त नगरपालिकाका विद्यार्थी र शिक्षकहरुका लागि सिकाइको वातावरण बढाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan