Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भारत सरकारको सहयोगमा बन्न लागेको विद्यालय शिलान्यास

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १० आइतबार | (रासस)

महेन्द्रनगर, १० साउनः कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित महेश्वर माध्यमिक विद्यालयको भवन आज शिलान्यास गरिएको छ । भारत सरकारको सहयोगमा निर्माण हुन लागेको विद्यालय भवन एक कार्यक्रमका बीच भारतीय राजदूतावासका प्रथम सचिव वशिष्ट नन्दन र भीमदत्त नगरपालिकाका उपप्रमुख नीलमलेखक जोशीले संयुक्त रूपमा शिलान्यास गर्नुभयो ।

    शिलान्यस कार्यक्रममा दूतावासका प्रथम सचिव नन्दनले दूतावासले शिक्षा र स्वास्थ्यका क्षेत्रमा सहयोग पु¥याउँदै आएको बताउनुभयो । “हामी अझै पनि आवश्यकता भएको ठाउँमा शिक्षा, स्वास्थ्य, एम्बुलेन्सलगायत क्षेत्रमा सहयोग गर्नेछौँ”, उहाँले भन्नुभयो ।

    नगर उपप्रमुख जोशीले विद्यार्थीलाई पठनपाठनमा समस्या भएका विद्यालयमा पुनःभौतिक संरचना निर्माणमा सहयोगको अपेक्षा व्यक्त गर्नुभयो । 

    “भौतिक संरचना जीर्ण भएर अध्यापनमा समस्या भइरहेका विद्यालयमा सहयोगका लागि आग्रहसमेत गरेका छौँ”, उहाँले भन्नुभयो, “भारत सरकारले प्रदान गर्दै आएको विकास सहयोगको प्रशंसा गर्दछु ।”

    त्यसैगरी, विद्यालयका प्राधानाध्याक जनकराज जोशीले भारतीय सरकारको रु दुई करोड ३९ लाख लगानीमा तीनतले विद्यालय भवन निर्माण हुने जानकारी दिनुभयो । “हामीले दुई वर्षअघिदेखि विद्यालय भवन निर्माणका लागि पहल अघि बढाएका थियौँ”, उहाँले भन्नुभयो, “कक्षाकोठा र शौचालयसहित बन्ने भवनले हामीलाई अध्यापनमा निकै सहज हुनेछ ।”
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan